जोत्दै…
ग्रामथान-०१, मोरङमा रहेको प्राकृतिक खेती तथा पर्माकल्चर फार्म, जहाँ रसायनबिना अन्न, तरकारी, फलफूल, माछा र पशुपालन सँगसँगै हुन्छ।
Best place near Biratnagar to buy organic fruits from

I really like their organic vegetable box

Best place to feel the natural greenery

प्राकृतिक खेतीले माटोसँग लडेर होइन, माटोसँगै मिलेर काम गर्छ। हामी रासायनिक मल, विषादी वा झारनाशक प्रयोग गर्दैनौँ। बरु गाईको गोबर, गहुँत, सख्खर, दालको पिठो र एक मुठी जंगलको माटोबाट फार्ममै बनाइएका झोलले माटोका जीव (गँड्यौला, ढुसी र अर्बौँ सूक्ष्मजीव) लाई पोषण दिन्छौँ। यिनलाई जीवामृत र बीजामृत भनिन्छ।
हामी माटोलाई छापोले ढाकेर राख्छौँ, एउटै खेतमा धेरै बाली सँगै लगाउँछौँ, र हाँस, कुखुरा, गाई र माछालाई पनि कामको साझेदार बनाउँछौँ। स्वस्थ माटोले बलियो बिरुवा उमार्छ, र बलियो बिरुवालाई धेरै सहयोग चाहिँदैन। यो तराईमा हाम्रा पुर्खाले गर्ने खेती नै हो, आजको माटो विज्ञानको ज्ञानसँग जोडिएको।


हरेक सोमबार
हरेक शुक्रबार